बैकिङ कसुर मुद्दामा एक वर्षदेखि फरार अभियुक्त पक्राउ

बैकिङ कसुर मुद्दामा एक वर्षदेखि फरार अभियुक्त राजधानीमा पक्राउ परेका छन् । 

९ दिन कैद र दस लाख जरिवाना तोकिएका प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ५ निवासी कृष्णलाल ढोला रहेका छन् । पाटन उच्च अदालतले २०७६–८–२३ गते उनलाई दोषी करार गर्दै सजाय सुनाएको थियो । 

अदालतको फैसलापछि लुकीछिपी बस्दै आएका ढोललाई विशेष सूचनाका आधारमा राजधानीको अनामनगरबाट पक्राउ गरिएको सिआइबी प्रवक्ता गंगा पन्तले बताइन् ।
पक्राउ गरिएका ढोलालाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १६:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया