विश्वको दोस्रो अग्लो हिमालको कीर्तिमानी आरोही नेपाली टोली स्वदेश फर्कियो

जाडो याममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान बनाएको नेपाली टोली स्वदेश फर्किएको छ । 

यही माघ ३ गते केटु हिमाल चढेर विश्वकीर्तिमान बनाएको टोली मंगलबार बिहान भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ लगायत पर्यटन क्षेत्रका संस्थाका प्रतिनिधिहरुले विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरेका हुन्।  

चिनियाँ सीमा नजिकै पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो हिमालको शिखरमा नेपाली टोली माघ ३ गते साँझ ५ः४५  पुगेको थियो । 

केटुको कीर्तिमानी आरोहणमा निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा सहभागी थिए।





  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १०:३१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया