आफूलाई गोप्य राखी मन खोल्न मिल्ने आइकनफेसको दोस्रो भर्सन

अस्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले निर्माण गरेको ‘आइकनफेस’ नामक एपको दोस्रो भर्सन सार्वजनिक भएको छ । विशेषत: कोरोना महामारीका कारण घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एपको सुरुवात गरेका हुन् ।

उनीहरुले स्थापना गरेको असनेप आइटी सोलुसनले एपको विकास गरेको हो । सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार परिमार्जित भर्सनमा आएको यो एपमार्फत् मानिसहरुले आफ्नो गोप्य कुराहरु सार्वजनिक गर्न सक्नेछन् । यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नाम, पोस्ट र च्याटलाई गोप्य राख्न सक्ने सुविधा छ ।

‘घरमा बसिरहँदा भइरहने तनावलाई हटाउनका लागि हामीले यो एपको विकास गरेका हौं,’ विवेकले भने ‘यस्तो समयमा मानिसहरु डिप्रेसनमा परेका हुन्छन् । उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन् ।’

विवेकले इन्स्टाग्राममा जस्तै गरी यो एपमा प्रयोगकर्तालाई फ्लो गर्न सकिने बताए । ‘एपमा पब्लिक पोस्ट, सेक्रेट पोस्ट, विज्ञापन गर्न सक्नेलगायतका सुविधाहरु दिइएको छ’, उनले भने, ‘यसबाहेक तपाईंले कुरा गर्न चाहेका र मन मिल्ने शीर्ष साथीहरुको समूह बनाएर पनि कुराकानी गर्न सक्नुहुनेछ । यसमा मान्छेको नाम, उमेरलाई लुकाउने सुविधा पनि छ ।’

 प्रयोगकर्ताले प्लेस्टोरमा https://play.google.com/store/apps/details?id=com.ausnep.iKonfess बाट र आइफोनमा https://apps.apple.com/au/app/ikonfess/id1511519710  बाट यो एप्स प्रयोग गर्न सक्छन् । सोलुसनको नेपालमा पनि शाखा रहेको छ ।



 

 



 

  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १४:४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया