एनएनआइपिए स्पोर्टस अवार्ड फागुनमा

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले प्रदान गर्ने स्पोर्टस अवार्ड फागुन ८ गते प्रदान गरिने भएको छ । 

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै मध्यपुर नगरपालिका स्थानीय आयोजकका रूपमा रहने जानकारी दिएको हो । यसअघि संघले भक्तपुर, टोखा, पाटन र वसन्तपुरमा स्थानीय निकायसँग सहकार्य गर्दै अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको छ । 

अवार्ड कार्यक्रममा यसपटक राइजिङ प्लेयर अफ दि इयर विधा थप गरिएको छ । एक–एक महिला र पुरुष खेलाडीलाई प्रदान गरिने अवार्ड विजेताले जनही ५०–५० हजार प्राप्त गर्नेछन् । यो अवार्डलाई स्काई ब्रान्डले प्रायोजन गर्नेछ ।

संघले अघिल्लो वर्षको प्रदर्शनको आधारमा सम्बन्धित खेल संघको सिफारिसमा विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई एएनआइपिए वर्ष खेलाडीको अवार्डबाट सम्मानित गर्दै आएको छ । यो अवार्ड जित्नेले जनही १०–१० हजार प्राप्त गर्नेछन् । 

संघले वर्षको सर्वोकृष्ट महिला र पुरुष खेलाडीलाई जनही १–१ लाख रुपैयाँसहित सम्मानित गर्दै आएको छ ।

अवार्डका लागि गत वर्ष नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडीलाई समावेश गरिएको संघले जानकारी दिएको छ ।



खेल संघको सिफारिसमा उत्कृष्ट हुने खेलाडीबाहेक अन्य विधाका विजेता छनोट गर्न दीपक विष्टको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ । 

एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी तथा एक खेल पत्रकार वा खेल फोटोपत्रकारलाई एनएनआइपिए पत्रकारिता पुरस्कारबाट सम्मान गरिने संघले जनाएको छ ।



  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १४:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया