नेपाली कांग्रेसको केन्द्रीय समायोजन समिति सदस्यबाट केन्द्रीय सदस्य महेश आचार्यले राजीनामा दिएका छन् । आचार्यले मंगलबार सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलाई समायोजन समितिमा राखेको र करिब–करिब तोकिएका काम पूरा भएको जानकारी गराएका थिए ।
कांग्रेसले विजयकुमार गच्छदारलगायत अन्य पार्टीबाट आएकाहरूलाई पार्टीमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको थियो।
कांग्रेसले सिन्धुपाल्चोक, बारा र सप्तरीबाहेक ७४ जिल्लामा समायोजनका काम सकेको छ । आजको केन्द्रीय समितिले उक्त विवाद हल गर्ने जिम्मेवारी निर्वाचन समितिलाई नै दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।