पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको मंगलबार बिहान निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु उनी ‘काजी बा’का नामले परिचित थिए ।
एक साताअघिदेखि भरतपुर अस्पतालमा उपचाररत खम्बासिंहको उपचारकै क्रममा मृत्यु भएको हो । उनी मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित थिए ।
उनमा निमोनियाको समस्या पनि देखिएको थियो । उनको मंगलबारै देवघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कारअघि उनको शवलाई नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
कुँवरलाई श्रद्धाञ्जली दिन नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत चितवन पुगेका थिए । श्रद्धाञ्जलीपछि बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनका अभिभावकका रूपमा र आफ्नै अभिभावकका रूपमा आफ्नो जीवनमा काजी बाको योगदान रहेको बताए ।
उनकै योगदानका कारण आफू अहिले यो ठाउँमा आइपुगेको दाहालको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।