१५ घण्टामा पनि नियन्त्रणमा आएन आगलागी,  ३० घर पूर्णरुपमा नष्ट

जुम्लामा आगलागी हुँदा एकै गाउँका ३० घर जलेर नष्ट भएका छन् । जुम्लाको तीला गाउँपालिका–७ गोठी गाउँमा मंगलबार साँझ ५ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। 

मंगलबार साँझबाटै आगो निभाउने प्रयास गरेपनि आगो अझै नियन्त्रणमा आइनसकेको जुम्लाका प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 
आगलागी भएको स्थान सदरमुकाम खलङ्गाबाट करिब तीन घण्टाको पैदल दूरीमा पर्छ। 

आगो नियन्त्रणमा लिनको लागि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको  टोली र स्थानीय लागिपरिरहेका छन्।
आगलागीमा परी अहिलेसम्म २० देखि २५ वटासम्म पशु चौपाया जलेर मरेको प्रहरीको अनुमान छ । 

आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले कति पशुचौपाया जले भन्ने यकिन भइनसकेको डिएसपी काफ्लेको भनाइ छ । 





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार ८:३४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया