‘नेपाललाई एमसिसी परियोजना आवश्यक’

एमसिसी सहायता कार्यान्वयन नभए सरकारले आफ्नै लगानीमा त्यस अनुसारका परियोजना कार्यान्वयन गर्नुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बताए । 

एमसिसीबारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो कि भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलको भनाइ थियो । 

परियोजनाको राजनीतिक पक्ष जस्तो भए पनि केही वर्षभित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकाले एमसिसी स्वीकृत नभए पनि परियोजनालाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 

एमसिसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेस भइसकेकाले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको कँडेलले बताए । नेपालजस्ता मुलुकका लागि एमसिसी भने  आवश्यक पर्ने उनको भनाइ थियो ।





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १३:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया