सुर्खेतबाट अवैध काठसहित १२ जना पक्राउ

प्रहरीले अवैध काठसहित सुर्खेतबाट १२ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुको टोलीले भेरीगंगा नगरपालिका—२ सप्तरी १२ मसिनाबाट १ सय ४७ थान अवैध सालको चिरान काठसहित उनीहरुलाई पक्राउ गरेको हो । 

भेरीगंगाबाट लु२ख २१० नम्बरको ट्रकमा वीरेन्द्रनगर लैजाँदै गर्दा मंगलबार राति उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अधिकांश किशोरावस्थाका छन् ।  

पक्राउ पर्नेमा ट्रक चालक भेरीगंगा नगरपालिका २ सप्तरी निवासी १८ वर्षीय विकास केसी, सोही वडाका १२ वर्षीय हिमाल खड्का, १३ वर्षीय योगराज बुढा र निराजन वि.क, १४ वर्षीय प्रदिप वली, १५ वर्षीय मदन भण्डारी र अम्मर डि.सी, २० वर्षीय पदम खत्री र राम वली, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली र ३५ वर्षीय सोमबहादुर विक रहेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी नायव निरीक्षक डिल्लीबहादुर चन्दको नेतृत्वमा गएको टोलीले ट्रक, काठसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि छिन्चु वन कार्यालयमा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १६:२४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया