महिला लघुवित्तको चार लाख कित्ता आइपिओ आउँदै

महिला लघुवित्त वित्तीय  संस्थाले आइपिओ निष्कासनको अनुमति पाएको छ । लघुवित्तले धितोपत्र बोर्डबाट हालै ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको हो ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ नियुक्त भएको छ ।

हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपिओ जारीपछि सो पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १७:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया