बलात्कार आरोपमा पक्राउ परेका अर्जुन विक धरौटीमा छुटे
छोरो बोकेर रिक्सा चलाउँदै गरेको अर्जुनको भाइरल फोटो ।

किशोरीलाई अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका अर्जुन बिक धरौटीमा छुटेका छन्। जिल्ला अदालत कैलालीमा बुधबार भएको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्न आदेश भएअनुसार विक छुटेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

विक जिल्लाको भजनी नगरपालिका–४ बाट १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गते अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको जाहेरीपछि विकलाई कैलाली प्रहरीले पक्राउ गरेको थियो।

गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विक भाइरल बनेका थिए। विकमाथि जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोग लगाइएको छ। 

१३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमतीले छाडेको भन्दै भन्दै छोरा बोकेर रिक्सा चलाएपछि उनी सामाजिक सञ्जालमा  भाइरल भएका थिए । त्यसपछि धेरैले उनलाई आर्थिक सहयोग समेत गरे ।  अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा समेत खेलिसकेका छन्।





  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १०:३२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया