‘पछाडि बसेर अरुको बद्ख्वाइँ गर्ने ओली सधैँ खुट्टा मात्रै देख्छन्’
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आन्दोलन, संघर्ष भनेपछि सधैँ पछाडि लुक्ने व्यक्ति भएको बताएका छन् । 

दाहाल–नेपाल समूहले बिहीबार लुम्बिनी प्रदेशको बुछटवलमा गरेको सभालाई सम्बोधन गर्नै नेपालले ओली कम कम र बकबक ज्यादा गर्ने व्यक्ति भएको आरोप लगाएका हुन्।

२०६२÷०६३ को गणतन्त्रको आन्दोलनमा ओली कुनै कार्यक्रममा सहभागी हुन र कुनै सभालाई सम्बोधन गर्न नमानेको नेपालको भनाइ छ ।  'कुनै पनि कार्यक्रममा सहभागी भएनन्। बोल्न पनि चाहेनन् । ‘राजा ज्ञानेन्द्रलाई फाल्न आन्दोलन गर्ने ? गोरु गाढा चढेर गणतन्त्रमा जाने ? भनेर उहाँले प्रश्न उठाउनु भएको थियो' नेपालले भने, ‘यो संघर्ष सफल हुन सक्दैन भनेर भविष्यवाणी गर्नुभएको थियो । ओलीको भविष्यवाणी २०६३ मा असफल भयो ।’ 

अहिले पनि ओली जनभावना विपरित हिँडेकाले उनी सफल नहुने नेपालको भनाइ छ । 

केपी ओली कहिल्यै काम नगर्ने, संघर्षमा अघि नलाग्ने, पछाडि बसेर कुरा मात्रै काट्ने अरुको बद्ख्वाइँ मात्रै गर्ने मान्छे भएको आरोप नेपालले लगाए।

‘बद्ख्वाइँ मात्रै होइन अरुको खुट्टा तान्ने काम गर्नुहुन्छ’ नेपालले आरोप लगाए,  ‘उहाँ सधैँ मेरो खुट्टा ताने भन्नुहुन्छ । जहिले पनि खुट्टा मात्रै देख्नु हुन्छ उहाँ ।’ 



आफ्नो आलोचना गर्नेमाथि तुच्छ शब्दमा गाली गर्न उत्रिने वलीले संस्कार सिक्न नसकेको नेपालले बताए  । नेपाल भन्छन् ‘उहाँलाई रिस उठ्यो पत्रकारलाई गाली गरेको छ । ९४ वर्षीय वरिष्ठ अधिवक्तालाई अत्यन्तै तल्लो दर्जामा उत्रिएर गाली ग¥या छ । नागरिक अभियन्तालाई अपमान गर्या छ । आफ्नै मन्त्रीलाई पनि गाली गर्या छ’ नेपाल भन्छन् ‘उहाँलाई राम्रो कुरा गर्नै आउँदैन । 

राम्रो कसरी बन्ने भनेर सबैसँग संस्कार सिक्न नेपालले ओलीलाई आग्रह गरे । 
 



  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १७:५४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया