ओलीको प्रवृत्तिले उनका पछि लाग्ने वाक्क भइसकेका छन् : माधव नेपाल

केपी ओलीले आफूले लगाएको गुण कहिले नदेखेको नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । उनले २०६२/२०६३ को आन्दोलनमा कहीँ कतै सहभागी नभएका ओलीलाई आन्दोलन सकिएपछि आफैँले उपप्रधानमन्त्री बनाएको नेपालको भनाइ छ । 

‘२०६३ सालको जनक्रान्तिपछि केन्द्रीय कमिटीमा सबैले विरोध गर्दा गर्दै पनि गणतन्त्र विरोधी मान्छेलाई मैले उपप्रधानमन्त्री बनाएकै हो’ नेपालले भने, 'अलिअलि त ती कुरा पनि बोले हुने नी।’

बिहीबार बुटवलमा आयोजित सभामा बोल्दै नेपालले आफ्नो प्रसंशा मात्रै सुन्न चाहने ओलीले अगतिला कुरा मात्रै बोल्न जानेको आरोप लगाएका हुन् । 

उनले अघिल्लो महाधिवेशनमा ओलीलाई अध्यक्षमा प्रस्ताव गर्ने व्यक्ति पनि आफूनै रहेको जानकारी दिएका छन् । पछिल्लो महाधिवेशनमा ओलीले १५–२० भोटले मात्रै त्यो पनि षडयन्त्र गरेर अध्यक्ष जितेको दावी  नेपालले गरे। 

ओलीको प्रवृत्तिले उनको पछि लाग्नेहरु पनि वाक्क भइसकेको अध्यक्ष नेपालले बताए । ‘उहाँको साथमा लाग्ने मानिसहरु सँग आज मात्रै भेट भएको थियो । कसरी पार लगाउने हो कमरेड तपाईले मात्रै सक्नुुन्छ भन्दै थिए ।’ नेपालले भने ।  



म नै पार्टी हुँ, एक्लो म नै राज्य हुँ भन्दै हिंड्ने ओली निरङ्कुश,  तानाशाही  र सर्वसत्तावादी भएको आरोप नेपालले लगाए । 

आफूले राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध २०६२ साल मंसिर ५ गते बुटवलमा विशाल सभालाई सम्बोधन गरेको स्मरण उनले गरे । अहिले पनि त्यसको झल्को देखिएको र निरङ्कुश ओली पराजित भएरै छाड्ने दावी नेपालले गरे । 



  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १८:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया