राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी हत्याका फरार अभियुक्त पक्राउ

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको हत्यामा संलग्न रहेको आरोपमा सिआइबीले एकजनालाई पक्राउ गरेको छ ।
 
राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत प्रवीण थापाको हत्यामा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज काठमाडौंबाट उनलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नेपालगन्ज निवासी विवेक परियार रहेका छन् । बाँके प्रहरीले गरेको अनुसन्धानमा हत्यामा उनको संलग्नता रहेको देखेपछि उनलाई पक्राउ गर्न सिआइबीसँग आग्रह गरेको थियो । 

सहायक सूचक मगर यही माघ २ गते सुर्जेगाउँको तोरीबारीमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउको र शरीरमा निलडाम देखिएको प्रहरी अनुसन्धानले देखाएको थियो । 





  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार २१:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया