एच-१ बी भिसावाललाई अमेरिकामा राहत, जीवनसाथीले काम गर्न पाउने

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले एच-१ बी भिसाधारीका जीवनसाथी (एच फोर भिसावाल) लाई अमेरिकामा काम जारी राख्‍न अनुमति दिएका छन्। 

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा यसमाथि प्रतिबन्ध लगाइएको थियो। बाइडेनको यस निर्णयबाट अमेरिकामा रहेका लाखौँ भारतीयसहित नेपालीलाई पनि राहत मिल्नेछ। ट्रम्पले कडा कानुन ल्याएपछि 'वर्क परमिट' पाइसकेका नेपालीले पनि काम गर्न पाएका थिएनन्। 

ट्रम्पको आप्रवासी विरोधी नीति 

सन् २०१५ मा बाराक ओबामा राष्ट्रपति रहेका बेला एच-१ बी भिसाधारीका जीवनसाथी (पति या पत्नी) लाई काम गर्ने अनुमति दिइएको थियो। तर यसका लागि एच फोर भिसा हुनु आवश्यक थियो। 

त्यसअघि यी भिसाधारीलाई काम गर्ने अनुमति थिएन। ट्रम्पले आप्रवासीहरुविरुद्ध कडा नीति अपनाउँदै आप्रवासी कानुन कडा बनाएर रोक लगाइदिएका थिए। ट्रम्पले यसलाई बन्द नगरिए अमेरिकी नागरिकको रोजगारी खोसिने बताएका थिए। 

सबैभन्दा फाइदा भारतीयलाई



बाइडेनको यस निर्णयले अमेरिकामा रहेका करिब एक लाख भारतीयलाई फाइदा पुग्ने छ। त्यसपछि नेपालसहितका देशबाट एच-४ भिसामा गएकालाई पनि राहत मिल्नेछ। 

बाइडेन प्रशासनका अनुसार एच-१ बी भिसाधारीका जीवनसाथीले आफ्नो आर्थिक अवस्था राम्रो बनाउन कामको अवसर पाउने छन्। एक आँकडा अनुसार अमेरिकामा करिब एक लाख एच फोर भिसावाल छन्। जसमा ९० प्रतिशत त भारतीय नै छन्। जसमा ९३ प्रतिशत महिला नै रहेका छन्। 



कमला ह्यारिसको विरोध

कमला ह्यारिसले यस पटकको चुनावी अभियानमा ट्रम्पले एच ४ भिसाधारीलाई काममा रोक लगाएको आपत्ति जनाएकी थिइन्। उनले यसलाई अन्यायपूर्ण निर्णय भनेकी थिइन्। ह्यारिसले भनेकी थिइन्, 'यसले एच ४ भिसाधारी जो डाक्टर, वैज्ञानिक र विद्वानहरूलाई घाटा हुनेछ।' उनी सन् २०१९ देखि नै ट्रम्पको कदमको विरोधमा थिइन्। 

ट्रम्प प्रशासनले सन् २०१८ मा एच-१ बी भिसामा अमेरिका बस्दै आएकामाथि कडा गरेको थियो। अमेरिकी सरकारले एच–१ बी भिसामा अमेरिका बस्दै आएका व्यक्तिका श्रीमतीले काम गर्न नपाउने गरी नियम फेरेर प्रतिबन्ध लगाएको थियो। यो निर्णयले नेपालीहरुलाई समस्या भएको थियो। 

बराक ओबामा राष्ट्रपति पदमा रहँदा यो भिसा व्यवस्था गरेका थिए। तर अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्प यो भिसा खारेज गरिदिएका थिए। 

  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार २१:५८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया