स्वर्गद्वारीमा खानेपानी समस्या : माडी नदीको पानी लिफ्टिङ गर्ने निर्णय

खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टिङ गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले बिहीबार त्यस्तो निर्णय गरेको हो । स्वर्गद्वारीमा रहेको खानेपानीको समस्या समाधानका लागि खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजना प्रमुख सहितको टोलीले स्वर्गद्वारीमा पुगी छलफल गरेका थिए ।

स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधि, स्वर्गद्वारी आश्रमका प्रतिनिधिसँगको छलफलपछि मन्त्री थापाले लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्याउने निर्णय गरेका हुन्।

मन्त्रालयले यही वर्ष डिपिआर सक्ने समेत निर्णय गरेको छ । मन्त्री थापाले आगामी आर्थिक वर्षमा  बजेटको व्यवस्था गरी स्वर्गद्वारीमा रहेको खानेपानी समस्यालाई सधैँका लागि समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

स्वर्गद्वारीमा दैनिक तीन सयको हाराहारीमा धार्मिक पर्यटक पुग्ने गर्दछन् । स्वर्गद्वारी आश्रममा करिब चार सय परिवारको बसोबास छ । स्वर्गद्वारी आश्रमले त्यहाँ ४ सय ६०  भन्दा धेरै गाई पाल्दै आएको छ ।

पानीको अभावले मन्दिरको सरसफाइमा समेत समस्या पर्दै आएको थियो । यस्तै भक्तजनलाई र त्यहाँ पालिएका गाईलाई समेत खानेपानीको अभाव हुँदै आएको थियो । 



 समस्या समाधानका लागि मन्त्री थापाले मन्त्रीस्तरीय निर्णयबाट माडी नदीको पानी लिफ्ट गरेर स्वर्गद्वारीको खानेपानी समस्या समाधान गर्ने निर्णय गरेका हुन् ।



  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार ७:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया