यस्तो रह्यो टी-१० लिगमा सोमपाल र करणको प्रदर्शन

युएईमा बिहीबारदेखि सुरु भएको टी-१० लिगको पहिलो खेलको पहिलो ओभरमै नेपाली बलर सोमपाल कामीले बलिङ गर्ने अवसर पाएका छन् । सिजनको पहिलो खेलमा मराठा अरेवियन्सको तर्फबाट सोमपालले पहिलो ओभर बलिङ गरेका हुन् । 

सोमपालले पहिलो ओभरमा ८ रन खर्चेका थिए । पहिलो खेलमा उनको टोलीले नर्दन वारियर्सलाई ५ विकेटले हराएको छ । जम्मा दुई ओभर बलिङ गरेका उनले कुनै विकेटबिना २८ रन खर्चिए ।

दोस्रो खेलमा नेपाली खेलाडी करण केसी आवद्ध पुणे डेभिल्सले डेक्कन ग्याडिएटर्सको सामना गरेको थियो । करणले ज्ञ ओभर बलिङ गरेका थिए ।  छैटौँ ओभरमा बलिङ गर्न आएका करणले १७ रन खर्चिए पनि विकेट लिन सकेनन् ।

पुणेले उक्त खेल ७ विकेटले जितेको छ ।





  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार ७:३९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया