विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को दक्षिण अफ्रिकी प्रजाती अमेरिकामा पनि भेटिएको छ । थप संक्रामक रहेको उक्त भाइरसको संक्रमण अमेरिकाको दक्षिण क्यारोलिनामा फेला परेको छ ।
दक्षिण क्यारोलिनाका स्वास्थ्य अधिकारीहरुले बिहीबार क्योरोलिनाका दुई व्यक्तिमा दक्षिण अफ्रिकी प्रजातीको ज्यादा संक्रामक भाइरसको संक्रमण भेटिएको बताएका छन् । अमेरिकामा अहिलेसम्म देखिएको अफ्रिकी प्रजातीको यो नै पहिलो संक्रमण भएको अधिकारीहरुले बताएका छन् ।
देखिएका दुवै केसको बीचमा ट्राभल हिस्ट्रीसहित कुनैपनि सम्बन्ध नभएको पनि अधिकारीहरुले बताएका अलजजिराले लेखेको छ । संक्रमित दुवै वयस्क व्यक्ति रहेका छन् ।
स्वास्थ्य तथा वातावरण नियन्त्रण दक्षिण क्यारोलिना शाखाका जनस्वास्थ्य निर्देशक डा. ब्राननोन ट्र्याक्लरले खतरनाक कोराना भाइरससँगको युद्ध अझै नसकिएको भन्दै सबैलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।
कोरोना भाइरसको दक्षिण अफ्रिकी प्रजाती गत डिसेम्बरमा पत्ता लागेको थियो । यो प्रजातीको भाइरस अन्य प्रजातीकाे भन्दा छिटो र ज्यादा संक्रमण हुने गरेको पाइएको छ । यसअघि ब्राजिल र बेलायतमा भेटिएका कोरोनाको नयाँ प्रजाती पनि ज्यादा खतरनाक देखिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।