चीनले भन्यो– ताइवानले स्वतन्त्रता खोज्नु युद्ध हुनु हो

चीनले ताइवानलाई स्वतन्त्रताका लागि पैरवी नगर्न चेतवानी दिएको छ । अमेरिकाले समेत ताइवानको स्वतन्त्रताको विषयमा लचक हुने सम्भावना देखाएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो । चीनले त ताइवानले स्वतन्त्रता खोज्नु भनेको युद्ध हुनु हो भन्ने अभिव्यक्ति नै दिएको छ । 

बिबिसीका अनुुसार चीनले आफ्नो सैनिक गतिविधि बढाउँदा र ताइवानको टापु नजिकै सैन्य विमान उडाउन थालेपछि यो प्रतिक्रिया दिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो समय ताइवानको पक्षमा अभिव्यक्ति दिएपछि र एशियाबारे आफ्नो धारणा राख्न थालेपछि चीनको यस्तो प्रतिक्रिया आएको विश्लेषण गरिएको छ । तर, चीनको यो चेतावनीलाई अमेरिकाले दूर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको छ ।

चीनले ताइवानलाई आफ्नो एक राज्यका रुपमा लिइरहेको छ । तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र भएको दाबी गर्दै आएको छ ।

ताइवानका राष्ट्रपति साइ इङ वेनले यसअघि नै आफूले ताइवानलाई स्वतन्त्र राष्ट्र बनाउन सक्ने कदम अगाडि चालिसकेको भन्दै चीनको यो प्रतिक्रियाको ठूलो अर्थ हुने पनि भनिएको छ ।

तर, बिहीबार चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु क्वियानले ताइवानको स्वतन्त्रता अहिले थप तनाव सिर्जना गर्ने विषय मात्र भएको बताएका छन् । 



चीन र ताइवानमा चिनियाँ गृहयुद्ध सकिएपछि सन् १९४९ देखि नै छुट्टाछुट्टै सरकार रहँदै आएका छन् । पछिल्ला वर्षमा चाहिँ यी दुई देशबीच तनाव बढ्दै गएको छ । ताइवानलाई एक स्वतन्त्र राष्ट्रको दर्जा नदिइएको भए पनि विश्वका विभिन्न देशमा ताइवानले आफ्नै अनुकूलताअनुसार विभिन्न निर्णय गर्दैै आएको छ ।



  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार ६:२५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया