बलिउडका चर्चित गायक तथा र्यापर हनी सिंह अधिकांश समय चर्चामा रहेका हुन्छन् । कहिले गीत, संगीत त कहिले विभिन्न स्क्यान्डलका कारण उनी समाचारमा छाइरहेका हुन्छन् ।
यसपटक पनि हनी बलिउडमा चर्चामा आएका छन् । तर, गीतका कारण नभएर यसपटक उनी फ्यामिली बण्डिङका लागि चर्चामा आएका हुन् । उनी श्रीमती शालिनी सिंहसँगको रोमान्टिक तस्बिरका कारण चर्चामा आएका हुन् ।
विवाहको १ दशकपछि पनि उनीहरुको सम्बन्ध भर्खरै प्रेममा परेका जोडीको जस्तो रहेको छ । सन् २०११ मा उनीहरु बन्धनमा बाँधिएका थिए । उनीहरुले लभ दशकलाई लभ नाइट को रुपमा मनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।