मप विश्वविद्यालय र चीनको थ्री गर्जेज विश्वविद्यालयबीच सम्झौता

नेपालको मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको थ्री गर्जेज विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ । मप विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गर्जेज विश्वविद्यालयका तर्फबाट पे्रसिडेन्ट प्रा. ही वेइजुनबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

शुक्रबार दुई विश्वविद्यालयबीच भएको सम्झौतापत्रमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्ने विषय उललेख छ । 

दुई विश्वविद्यालय प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी आदान–प्रदान गर्ने सहमति भएको छ । दुईवटै विश्वविद्यालयले सामूहिक रुपमा अनुसन्धानसँग सम्बन्धित परियोजना अघि बढाउन सकिने पनि सम्झौतामा उल्लेख छ । 

सम्झौताको मर्म पूरा गर्न तथा दुवै देशको कानुन र सम्झौता परिधिमा रही विश्वविद्यालयअन्तर्गतका संकाय, स्कुल वा संस्थाहरुले एक–आपसमा समझदारी गरी विभिन्न परियोजना सञ्चालन गर्न सकिने समेत बताइएको छ । 

सुरुको सम्झौता अवधि पाँच वर्षको रहनेछ र त्यसपश्चात् स्वतः नवीकरण हुनेछ । साथै आपसी समझदारी र छलफलपश्चात लिखित रुपमा सम्झौता संशोधन गर्न सकिने समेत व्यवस्था रहेको विश्वविद्यालयका उपप्राध्यापक तथा सूचना प्रविधिविज्ञ पञ्चदेव भट्टले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार १९:८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया