कोरोना उद्गमस्थलको खोजी : चीनको 'वुहान मार्केट'मा पुग्यो डब्ल्युएचओको टाेली
चीनकाे वुहानस्थित माछामासु होलसेल बजार

विश्व स्वास्थ्य संगठनको अनुसन्धान टोली कोरोना भाइरसको पहिलो संक्रमण भेटिएको चीनको हुबेई प्रान्तको वुहान मार्केटमा जाने भएको छ । कोरोना भाइरसको उद्गमस्थलको पहिचानका लागि टोली वुहान जान लागेको हो । 

आज टोलीले वुहानको माछामासुको होलसेल बजारमा टोलीले अध्ययन गर्ने भएको हो । संगठनको टोली अध्ययनका लागि आउने भएपछि वुहान मार्केटमा सर्वसाधरणलाई प्रवेशमा रोक लगाएको छ । 

वुहानको उक्त बजारमा तरकारी तथा फलफूल र माछामासु तथा समुद्री उत्पादनहरुको फरक फरक स्टल रहेको छ । कोरोना भेटिएपछि गत वर्षको जनवरीदेखि ७६ दिनसम्म बन्द रहेको उक्त बजार कोरोनाको उद्गमस्थल नभएको भन्दै चिनियाँ अधिकारीहरुले दावी गर्दै आएका छन् ।

वुहानको उक्त बजारमा भेटिएको कोरोना भाइरसको उत्पत्ति त्यहाँ नभएको भन्दै भाइरसको उद्गमस्थल पत्ता लगाउनका लागि चिनियाँ टोलीसमेत अध्ययनमा रहेको छ । संगठनको टोलीले वुहानको अस्पताल, ल्याब र बजारहरुको भ्रमण गरिरहेको छ ।





  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार ११:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया