केपी ओलीले गरेको संसद विघटनलाई प्रतिगामी कदमको संज्ञा दिँदै निरन्तर आन्दोलनमा उत्रिएको नागरिक समाजले आइतबार काठमाडौंको सिफलमा प्रदर्शन गरेको छ ।
सहिद दिवसको अवसर परेर गतसाता टेकुमा प्रदर्शन गरेको समाजले आज सिफलसस्थित धर्मभक्त माथेमाको शालिक परिसरमा प्रदर्शन गरेको हो ।
कार्यक्रममा सहभागी नारायण वाग्ले, सञ्जीव उप्रेती, खगेन्द्र संग्राौलालगायतले विभिन्न प्रकारका कार्टुन चित्र कोरिएका व्यानर तथा पोस्टरसहित प्रदर्शन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।