एक साथ विरोध प्रर्दशन गर्दै काग्रेसका १३ भातृ संगठन

प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रर्दशन गर्दै आएको नेपाली काँग्रेसको १३ भातृ संगठनले सोमवार संयुक्त रुपमा प्रदर्शन गर्ने भएको छ । संगठनका प्रमुखले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त रुपमा प्रदर्शन गर्ने जनाएको छ । 

संसद विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले  सर्वसत्तावाद उन्मुख कदम चाले आरोप विज्ञप्तिमा लगाइएको छ । त्यस्तै, देशमा चरम भ्रष्टाचार बढेको, कोभिड विरुद्धको प्रयासमा सरकार असफल भएको तथा जनसरोकारका बिषयमा सरकारी उदासिनता बढेको बताइएको छ । 

‘ओलीको गैरसंवैधानिक कदम सच्याउन प्रतिनिधिसभा पुनस्थापना गरी भ्रष्टाचार कुशासनलगायत सर्वसत्तावादीलाई परास्त गर्न सबै नेपाली सडकमा ओर्लन आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल महिला संघका सभापति उमा रेग्मी,  नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष टंकप्रसाद शर्मा कँडेल, नेपाल किसान संघका भानुभक्त सिग्देल, नेपाल दलित संघका मीनबहादुर विश्वकर्मा, नेपाल भूतपूर्व सैनिक संघका कर्णेल धनबहादुर मास्की राना, नेपाल आदिवासी जनजाति संघका इन्द्रबहादुर गुरुङ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका भोजराज श्रेष्ठ, नेपाल मुस्लिम संघका अब्दुल सतार, नेपाल तामाङ संघका कवेलबहादुर लामा, नेपाल राष्ट्रिय मगर संघका ओम थापा मगर र  नेपाल ठाकुर समाज अनिरुद्ध्र प्रसाद ठाकुरले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।


 





  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार १५:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया