विभिन्न संवैधानिक निकायमा नियुक्तिसहितको संवैधानिक परिषद्को निर्णय सभामुखले फिर्ता पठाएका छन् । संवैधानिक आयोगमा नियुक्ति हुनुपूर्व संसदीय सुनुवाइको लागि पठाएको पत्र सभामुखले सक्कलै फिर्ता पठाएका हुन् ।
पुस ५ मा प्रतिनिधिसभा भंग भएको घोषणासँगै अख्तियार, निर्वाचन आयोगलगायत संवैधानिक अंगमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पुगेको थियो ।
सभामुख सापकोटाले भने अदालतमा मुद्दा विचाराधीन रहेको र प्रतिनिधिसभामा तत्काल छलफल हुन नसक्ने भन्दै फिर्ता पठाएका हुन् । यसबारे सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।