विप्लवको विद्यार्थी संगठनका जिल्ला अध्यक्षसहित ५ पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रुकुम पश्चिमका जिल्ला अध्यक्षसहित ५ जना पक्राउ परेका छन् । यही माघ १० गते जिल्लाको त्रिवेणी गाउँपालिका–६ बिसौनीमा प्रेसर कुकर बम राखेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका–२ बेतखोलाका २४ वर्षका प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी–९ प्युउगाका १६ वर्षका नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षका सागर बुढा, सोही ठाउँका १७ वर्षका अभिषेक बुढामगर र सोही ठाउँका २७ वर्षका किरण रसाइली छन् ।

पक्राउ परेकामध्ये बोहरा विप्लवको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुन् । उनीहरुले मुसिकोट नगरपालिका–१ को रावलबाडामा संगठन बिस्तार गरिरहेको विशेष सूचनाका आधारमा आज (आइतबार दिउँसो) रुकुमपश्चिम प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी धु्रवकुमार श्रेष्ठले जानकारी दिए । 
 





  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार १८:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया