केपी ओलीले माघ २३ गते हिन्दु राष्ट्र घोषणा गर्न सक्छन् : सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ गते हिन्दु राष्ट्र घोषणा गर्न सक्ने दाबी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध आज माइतीघर मण्डलमा आयोजित दाहाल-नेपाल समूहको धर्ना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘यही माघ २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ', उनले सम्बोधनका क्रममा भने, 'प्रधाननमन्त्री ओलीले यो गर्न सक्छन्।’

पाण्डेले ओली पक्षको जनसभामा राजावादीहरू सहभागी हुन लागेको दाबी गरे। ‘ओलीको कदमले दक्षिणपन्थीहरू खुशी भएका छन्, उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन्', उनले भने, 'हिजो ऋषि देवकोटा आजादको हत्या गर्नेहरु नै ओलीको प्रशंसा गरिरहेका छन्। मैले सुनेको हुँ-२३ गतेको कार्यक्रममा राजावादी पनि उर्दी जारी गरेर सहभागी हुँदैछन्।’

पाण्डेले प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको बताउँदै संविधान मार्ने कुचेष्टा गरेर गलत बाटोमा लागेको पनि उल्लेख गरे। उनले सम्बोधनका क्रममा नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने पनि दाबी गरेका छन्।





  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार १८:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया