सिर्जनात्मक नागरिक आन्दोलन (फाेटाे फिचर)
नागरिक आन्दोलनको शक्ति बढ्दै गए संविधान पुनर्लेखन हुन्छ : संग्रौला

प्रतिनिधि सभा विघटनको विरोधमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले सिर्जनात्मक रुपमा आन्दोलन गरेका छन् । आइतबार काठमाडौंको सिफलमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुले प्रतिनिधिसभा विघटनको विरोधमा आफ्नो कला तथा सिर्जनाको माध्यमबाट विरोध प्रदर्शन गरेका हुन् ।

 ‘प्रतिगमनका विरुद्ध बृहत् नागरिक आन्दोलन’ नाम दिइएको आन्दोलनमा साहित्यकार, लेखक, पत्रकार, प्राध्यापक, गीत–संगीतका स्रष्टा, विद्यार्थीलगायत नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो । कार्यक्रममा कविता वाचन तथा सांगीतिक प्रस्तुति राखिएको थियो । 

शिक्षाविद् केदारभक्त माथेमाले सरकारले संवैधानिक अंगहरुमाथि हस्तक्षेप गरेकाले हस्तक्षेप बन्द गर्नुपर्ने बताए । सरकारले विश्वविद्यालयलगायत राज्यका कुनै पनि निकायमा राजनीतिक हस्तक्षेप गर्न नहुने, संघीयताप्रति सरकारको प्रतिबद्धता हुनुपर्ने र समाजवादको प्रतिबद्धता हुनुपर्ने उनको भनाइ छ ।



लेखक खगेन्द्र संग्रौलाले नागरिक आन्दोलनको मर्म संसद पुनर्स्थापना र संविधानको रक्षा गर्नु मात्रै नभएर संविधान संशोधन गराउनेसम्म रहेको बताए ।  नागरिक आन्दोलनको शक्ति बढ्दै गएमा संविधान पुनर्लेखनको माग आफूहरुको रहेको उनको भनाइ छ ।



नागरिक आन्दोलनमा समसामयिक राजनीतिक परिवेशसँग सम्बन्धित कार्टुन तथा प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।

  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार १९:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया