प्रदेश १ ​काे प्रदेशसभा माघ २५ गते, पास होला मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव ?

प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन यही माघ २५ गते अपराह्न २ बजेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले यसबारे जानकारी दिएका हुन् ।

सो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावबारे छलफल हुनेछ । नेकपाको दाहाल–नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो । 

यही माघ ७ गते सुरु भएको सो अधिवेशन सञ्चालन भएको तीन मिनेटपछि अर्को सूचना जारी नभएसम्म स्थगन भएको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए ।

मुख्यमन्त्री राईले भर्खरै विवाह गरेका छन् । प्रदेशसभा अधिवेशनले राई मुख्यमन्त्री कायम रहने कि पदबाट हट्ने छिनोफानो गर्नेछ ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपाको प्रचण्ड–माधव समूहले राईलाई हटाउन सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । 

सो समूहले अविश्वास प्रस्तावमा मुख्यमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने कानुनी व्यवस्थाका कारण भीम आचार्यको नाम प्रस्ताव गरे पनि सबै विकल्पमा खुला रहेको जनाएको छ । 



नेकपाका ६७ मध्ये आफूहरुलाई ३८ सांसदको साथ रहेको प्रचण्ड–माधव समूहका नेताहरुले बताउँदै आएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा ३३ सांसद उपस्थित भए पनि आफूहरुसँग ३८ सांसद रहेको सो समूहको दाबी छ । 



  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार १९:५८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया