नेपाली कांग्रेसको विभिन्न १३ वटा भातृ संगठनले आज एकसाथ ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछन् । कांग्रेसको केन्द्रीय समिति बैठकले निर्धारण गरेको विरोधका कार्यक्रम अन्तर्गत आज भातृ संगठनहरुले प्रदर्शन गर्न लागेका हुन् ।
सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि कांग्रेसले त्यसको विरोधमा प्रदर्शन गर्दै आएको छ । जसअन्तर्गत आज महिला संघ, तरुण दल, नेपाल विद्यार्थी संघलगायतका १३ वटा भातृ संगठनले एकसाथ प्रदर्शन गर्न लागेका हुन् ।
आज हुने प्रदर्शनमा व्यापक जनसहभागिताका लागि १३ वटै भातृ संगठनले आइतबार एक संयुक्त विज्ञप्ति निकाल्दै अपिल गरेका छन् । सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै कांग्रेस विरोधमा उत्रिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।