नुवाकोटमा उपप्रधानमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार

नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल सवारी गाडीमा नेकपा दाहाल-नेपाल पक्षका कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्। सोमबार बिहान ओली पक्षीय नेकपाको भेलामा जाने क्रममा उपप्रधानमन्त्री पोखरेल सवार गाडीमा ढुंगा हानिएको हो।

दाहाल-नेपालका कार्यकर्ताले उद्योगमन्त्री लेखराज भट्ट र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सवार गाडीमा पनि ढुंगा हानेका छन्। ढुंगाले उपप्रधानमन्त्री सवार गाडीमा क्षति पुगेको छ।

ढुंगाले लागेर नेपाल विद्युत प्राधिकरणको एउटा गाडीको सिसा फुटेको छ। त्यही गाडीमा सवार एकजनाको पाखुरामा ढुंगाले लागेको छ। ढुंगा प्रहार हुँदा प्रमुख जिल्ला अधिकारी झंक ढकाल रमिते बनेको आरोप ओली पक्षले लगाएको छ। 

ओली पक्षका नेताहरुले आइतबार प्रमुख जिल्ला अधिकारी ढकाललाई कार्यक्रमको जानकारी दिएका थिए। तर प्रशासनले रोक्न नसक्दा दाहाल-नेपाल समूहबाट आक्रमण भएको गुनासो ओली पक्षले गरेको छ।
 





  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार १४:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया