भारतले बढायो नेपाललाई अनुदान, गत वर्षभन्दा ३ अर्ब बढी

भारतले नेपाललाई दिने वार्षिक अनुदान गत वर्षको तुलनामा  बढाएको छ । भारतले आज बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान गत वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँले वृद्धि गरेको हो ।

भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेको २०२१–२२ को बजेटमा नेपाललाई दिने अनुदान गत वर्षको तुलनामा १ अर्ब ८९ करोडले बढाएकी हुन् ।

बजेटमा आगामी वर्षका लागि नेपाललाई दिने अनुदानका लागि ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) विनियोजन गरिएको छ । गत वर्षको बजेटमा भने ८ अर्ब भारु (१२ अर्ब ८० करोड रुपैयाँ) मात्र विनियोजन गरिएको थियो ।

गतवर्ष नेपाललाई दिने अनुदान अघिल्लो वर्षको तुलनामा करिब आधाले नै घटाइएको थियो । भारतले सन् २०१९–२१ का लागि करिब १२ अर्ब भारु अनुदान दिएकोमा गत वर्ष अर्थात् सन् २०२०–२१ का लागि ८ अर्ब भारु मात्र विनियोजन गरेको थियो ।

भारत सरकारले विदेश मन्त्रालयमार्फत नेपाललाई वित्तीय सहयोग गर्दै आएको छ विगतमा जस्तै भारतबाट अनुदान पाउने मुलुकमा यस वर्ष पनि भुटान पहिलो नम्बरमा छ ।

बजेटमार्फत भारतले घोषणा गरेको अनुदान ( भारु)



  • भुटान :  ३० अर्ब ४ करोड
  • नेपाल : ९ अर्ब ९२ करोड
  • अफगानिस्तान : ३ अर्ब ५० करोड
  • माल्दिभ्स : २ अर्ब ५० करोड
  • बंगलादेश : २ अर्ब
  • श्रीलंका : २ अर्ब


  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार १७:४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया