छोरी लिएर ‘वनवास’को तयारीमा करिश्मा

अभिनेत्री करिश्मा मानन्धरले नयाँ फिल्म बनाउने भएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘वनवास’ फिल्मको घोषणा गरेकी हुन् ।

फिल्ममा आफ्नै छोरी कविता मानन्धर र अभिनेता सरोज खनालको मुख्य भूमिका रहने करिश्माले जानकारी दिएकी छिन् । 

पछिल्लो समय करिश्माले  ‘फागु’ नामक फिल्म बनाएकी थिइन् । लामो समयको अन्तरालपछि उनी पुनः फिल्म निर्माणमा आउन लागेकी हुन् । 

करिश्माकी छोरी कविताले शिव श्रेष्ठको निर्माणमा बनेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिसकेकी छिन् । सो फिल्म केही साताअगाडि प्रदर्शन भएको थियो । 

करिश्माको अनुसार फिल्म सुशील क्षेत्रीले निर्देशन गर्दै छन् । फेसबुकमा करिश्माले फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरेकी छन् ।

कथा परिवार को , कथा सम्बन्ध को " बनवास " सरोज खनाल & Kabita Manandhar ।

Posted by Karishma Manandhar on Sunday, January 31, 2021




  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार १७:५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया