कांग्रेस अलमलमा छैन, विघटनविरुद्ध निरन्तर आन्दोलन गर्छः प्रदीप पौडेल

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आन्दोलन जारी राख्ने बताएका छन् । उनले यस विषयमा अहिले कुनै पनि अलमल नभएको पनि बताएका छन् । 

कांग्रेसका भातृ संगठनले गरेको कार्यक्रममा विराटनगरमा बोल्दै पौडेलले कांग्रेस अहिले कुनै द्विविधामा नभएको र कांग्रेसले अब आन्दोलनलाई नै प्राथमिकता दिएको बताएका हुन् ।

५ पुुसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक भन्नेमा कांग्रेस स्पष्ट भएको र कांग्रेस निरन्तर आफ्नो आन्दोलनमा रहेको पौडेलले बताएका हुन् । कांग्रेसमा केही व्यक्तिमा अन्योलजस्तो देखिए पनि सम्पूूर्ण कांग्रेस अहिले आन्दोलनमा रहेको उनले बताएका हुन् ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अलोकतान्त्रिक छवि प्रष्ट्याएको र यसलाई कांग्रेसले प्रतिरोध गरिरहेको उनले बताएका हुन् । यसले नेपाली राजनीतिलाई गम्भीर मोडमा लगेको, देश थप संकटमा पुगेको पनि उनले बताएका छन् । 

‘अहिले डर त अब यो संविधान नै रहन्छ कि रहँदैन भन्नेमा पुगिसकेको छ,’ पौडेलले कार्यक्रममा भने, ‘म्यानमारमा जस्तै अर्को घटना पनि नेपालमा हुने हो कि भन्ने डर सिर्जना भइसकेको छ । लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ ।’ यस्तो अवस्थामा देशलाई दुर्घटनाबाट बचाउन कांग्रेस सधैं तयार रहेको पनि पौडेलले बताएका छन् ।





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार ६:५३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया