प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । भोलि बुधबार साँझ ५ बजेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
परिषद्को यसअघिको बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेको पदमा नियुक्तिको लागि सिफारिस गरेर संसदीय सुनुवाइका लागि संसद सचिवालयमा पठाएकामा सुनुवाइ हुन नसक्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सक्कलै फाइल फिर्ता पठाएका थिए ।
भोलिको बैठकमा मुल एजेण्डा सोही विषयमाथिको छलफल रहेको परिषद्का एक सदस्यले फरकधारलाई बताए । भोलिको बैठकमा यसअघि सिफारिस भएका केही नाम पनि फेरबदल गर्ने प्रधानमन्त्रीको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
फाइल फिर्ता पठाउने सभामुखको निर्णयमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असहमति जनाइसकेका छन् । अबको बैठकमा यस विषयमा थप छलफल गर्ने तय भएको स्रोतले बताएका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।