सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले निर्वाचन आयोगमा दल आधिकारिकताको दावी पेस गरेको छ । दल आधिकारिकता दावी गर्नका लागि अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल आयोगमा पुगेका छन् । उनीहरुसँगै नेताहरु भीम रावल, लीलामणि पोखरेल, राजेन्द्रप्रसाद पाण्डेलगायत आयोग पुगेका छन् ।

यसअघि पार्टी कार्यालय पेरिसडाँडामा हिजो बसेको केन्द्रीय समिति बैठकले दावी गर्ने निर्णय गरेसँगै आज आयोगमा दावी पेस गरिएको हो । राजनीतिक रुपमा गत पुस पहिलो सातादेखि नै विभाजित नेकपाको विभाजन आधिकारिकता तर्फ अग्रसर भएको छ ।

आज बिहानैदेखि पेरिसडाँडामा अध्यक्षद्वयको उपस्थितिमा आधिकारिकताका लागि दावी गर्न आयोगमा जाने विषयमा अनौपचारिक छलफल भएको थियो । आयोगमा दल आधिकारिकताको दावी पेस भएसँगै नेकपाको विवाद अब निर्णायक निरुपणतिर अग्रसर भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।