मुद्दासँगै आउने जुलुसले त्रासको अवस्था सिर्जना भएको छ : न्यायाधीश कार्की

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा कुनै मुद्दा आउँदा आफूहरूमाथि नै त्रासको अवस्था सिर्जना हुने गरेको गुनासो गरेका छन् । मुद्दासँगै आउने विरोध जुलुस, राजनीतिक रूपमा हुने दबाबका कारण त्रासको स्थिति आउने गरेको बताए ।

‘अदालतमा आफूहरू कुनै मुद्दा हेर्दै गर्दा बाहिर त्यसको पक्ष र विपक्षमा जुलुस प्रदर्शन भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा आफूहरू कानुन हेर्ने कि जुलुस ?’ 

न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति र अनियमितता तथा विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायहरूको सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित समितिका संयोजक समेत रहेका कार्कीले न्यायालयलाई प्रभावित पार्ने कुनै पनि खालका गतिविधि नगर्न सबैलाई आग्रह गरे । 

समितिको प्रतिवेदन तयार पार्ने क्रममा सल्लाह सुझाव लिन सुर्खेत आएका न्यायाधीश कार्कीले नागरिक स्तरबाट आउने सल्लाह, सुझावलाई ध्यानमा राखेर प्रतिवेदन तयार पार्ने बताए । देशै भरका विभिन्न क्षेत्रमा रहेका नागरिकहरूको सुझावलाई ध्यानमा राखेर आफूहरूले तयार पर्ने प्रतिवेदनले न्यायलयलाई शुद्धीकरण गर्न मद्दत गर्ने बताए । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाबारे आफूले बोल्न नमिल्ने प्रतिक्रया दिएका न्यायाधीश कार्कीले अदालत संविधानको व्याख्याता भएको बताए ।





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १८:१८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया