सुदूरपश्चिम भएर बग्ने महाकाली नदी थुनिएको छ । नदी थुनिएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सचेत रहन आग्रह गरेको छ।
ठूलो पहिरोका कारण दार्चुलाको माल्पा भन्ने स्थानमा नदी थुनिएको प्रशासनले जनाएको छ।
महाकाली थुनिएकाले जुनसुकै बेला पनि जम्मा भएको पानी फुट्न गई नदीको बहाव बढ्न सक्ने भएकाले नदीनजिक रहेका बस्तीलाई सचेत रहन कञ्चनपुर प्रशासनले सूचनामार्फत आग्रह गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।