जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. शिवजी यादव सत्तारुढ पार्टी नेकपाको ओली समूहमा प्रवेश गरेका छन् । यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अबेर नेकपामा प्रवेश गराएका हुन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवको निकट मानिएका यादव उपेन्द्रसँगको मनमुटावका कारण ओली समूहमा प्रवेश गरेको उनीनिकट एक नेताले बताए । यादव गएराति १० बजे बालुवाटारमा गएर ओली समूहमा प्रवेश गरेका हुन् ।
डा. यादव दोस्रो संविधानसभामा समानुपातिक तर्फका सदस्य थिए । उनी तत्कालीन मधेसी जनअधिकार फोरम र पछि संघीय समाजवादी फोरमको संसदीय दलका प्रमुख सचेतक रहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।