लक्षणसहितको कोरोना संक्रमणमा शतप्रतिशत प्रभावकारी रुसी भ्याक्सिन 'स्पुतनिक भी'


परीक्षण पूरा नगर्दै स्वीकृत भएको भनेर विवादमा परेको रुसी कोरोना भ्याक्सिन स्पुतनिक भी परीक्षणमा सफल देखिएको छ । तेस्रो चरणको परीक्षणको प्रारम्भिक नतिजाअनुसार रुसी भ्याक्सिन लक्षणसहितको कोरोना संक्रमणका लागि ९१.६ प्रतिशत प्रभावकारी देखिएको छ । 

मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित रिपोर्टअनुसार रुसी भ्याक्सिन स्पुतनिक भी लक्षणबिनाको कोरोना संक्रमणका लागि शतप्रतिशत प्रभावकारी देखिएको छ । 

कुल १९ हजार ८६६ जनामा गरिएको परीक्षणमा भ्याक्सिन सफल देखिएको हो । कुल संख्याको दुई तिहाई १४ हजार ९६४ जनालाई भ्याक्सिन र १ तिहाई ४ हजार ९०२ जनालाई प्लेसिबो दिइएको रिपोर्टमा उल्लेख छ । 

उक्त परीक्षणमा सहभागीमध्ये भ्याक्सिन लिएको २१ दिनपछि १६ वटा केसहरु लक्षणसहितको कोरोना संक्रमण देखिएको थियो । यता प्लेसिबो लिनेहरुमा ६२ वटा केस देखिएको थियो । जसअनुसार उक्त भ्याक्सिन ९१.६ प्रतिशत प्रभावकारी देखिएको हो । 

उक्त परीक्षणमा २ हजार १४४ जना ६० वर्षमाथिका व्यक्तिहरु सहभागी रहेका थिए । अन्य भ्याक्सिनहरु वृद्धवृद्धामा कम असरदार रहेको नतिजा आइरहेका बेला रुसी भ्याक्सिन भने समान रुपमा प्रभावकारी भएको नतिजा आएको छ । 





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार २०:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया