प्रधानमन्त्रीको आरोप : माधव नेपालले हनुमान शैलीमा देउवासामु घुँडा टेक्न पुगे

प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामु हनुमान शैलीमा घुँडा टेक्न पुगेको बताएका छन्। 

नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलामा बुधबार बोल्दैन प्रधानमन्त्रीले नेता नेपालले आफूलाई हटाउने योजनाका साथ कांग्रेस सभापति देउवाकहाँ ल्याप्चे लगाउन पुगेको आरोप लगाए।

'माधव नेपाल यही माघ १८ गते कांग्रेस सभापति शेरबहादुर देउवाका अगाडि परेका थिए। उनी बूढानीलकण्ठ पुगेर भगवान रामका अगाडि परेका हनुमानको शैलीमा घुँडा टेकेर बसेका थिए', ओलीले भने, 'उनले दुई वर्षका लागि तपाईं नै प्रधानमन्त्री हुनु हामी सही गरिदिन्छौँ भन्दै सहयोग मागेछन्।'

ओलीले सर्वहाराको गफ दिएर, कम्युनिष्ट पार्टीको गफ दिएर नेता नेपाल देउवाकहाँ ल्याप्चे लगाउन पुगेको आरोप लगाए। 'देउवासामु घुँडा टेकेर, प्रधानमन्त्री पद लिखित रुपमै दिन्छु भनेर, ल्याप्चे लाउँछु भनेर हिँडिरहनु भएको छ', उनले भने, 'उहाँहरुको भित्री आशय जे छ अहिले त्यही प्रकट हुँदैछ। अब उहाँहरुको मुकुण्डो खुइलियो। अब तपाईं हामी सही ढंगले सचेत बाटोमा अघि बढ्छौँ।'

उनले आगामी चुनावमा आफ्नै समूहले बहुमत ल्याउने दाबी गरेका छन्। 'देश अब निर्वाचनतर्फ लागिसकेको छ। विघटित संसद फर्काउने अरे !', उनले भने, 'अब हामी बहुमत ल्याउँछौँ। जनताले दिएपछि बहुमत आउँछ, हामीलाई नदिए कसलाई दिने जनताले बहुमत?'





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १७:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया