कर्णालीमा ३ महिनासम्म पनि कुनै चिकित्सकको परेन दरखास्त

दैलेखको महावु गाउँपालिकाले (कोभिड–१९ अस्थायी अस्पताल) तथा १० शय्याको पालिकास्तरीय अस्पताल सञ्चालनका लागि कात्तिक १८ गते दरखास्त आह्वान गर्‍यो । दरखास्त आह्वान गरेको माघ १८ गते ३ महिना पुगेको छ । तर, चिकित्सकका लागि कसैको पनि दरखास्त परेको छैन । यसरी लामो समयसम्म दरखास्त नपर्दा अस्पताल सञ्चालन हुन सकेको छैन ।

गाउँपालिकाले करार नियुक्ति गर्ने गरी मेडिकल अधिकृत आठौँ तह, स्टाफ नर्स सहायक पाचौँ तह र हेल्थ असिस्टेन्ट सहायक पाचौँ तहका लागि दरखास्त आह्वान गरेको थियो ।

दरखास्त आह्वान गरिएको ३ महिना पुग्दा स्टाफ नर्स र हेल्थ असिस्टेन्टका लागि केही व्यक्तिहरू सम्पर्कमा आए पनि मेडिकल अधिकृतका लागि कसैको पनि दरखास्त नपर्दा अस्पताल सञ्चालन हुन नसकेको महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए । 

साविकको रानीवन स्वास्थ्यचौकीको स्तरवृद्धि गरेर १० शय्याको अस्पताल निर्माण गर्न लागिएको हो ।
 





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १७:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया