मोटरसाइकल र स्कुटर चोर्ने दुई जना पक्राउ

मोटरसाइकल र स्कुटर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेकालाई बुधबार सार्वजनिक  गर्दै यस्तो जानकारी गराएको हो । प्रहरीका अनुशार विराटनगर १२ का २१ वर्षीय शंकर यादव र विराटनगर ८ बलुवाईका २५ वर्षीय वीरेन्द्र मुखिया रहेका छन् ।

माघ १९ गते अपराह्न विराटनगरको शिक्षादीप कलेज छेउबाट विराटनगर ६ का निरज ठाकुरको को६प ३८३७ नं को स्कुटर हराएको थियो । उक्त स्कुटर भारतको जोगबनी तर्फ लाँदै गर्दा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो । 

यस्तै २० माघमा मुखियालाई देवकोटा चोकका माधवप्रसाद साहको को २८ प १२४४ नं को मोटरसाइकल चोरी गरी जोगबनी तर्फ लाँदै गर्दा पक्राउ गरेको हो । 

पछिल्लो समय विराटनगरबाट मोटरसाइकल चोरी हुने क्रम बढेसँगै प्रहरीले निगरानी समेत बढाएको छ । पक्राउ परेकाहरूमाथि चोरी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १८:७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया