प्रदेश सरकारको विगत हेर्दा निराश हुनुपर्ने अवस्था छैन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको विगत हेर्दा निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । कर्णाली प्रदेश सभाको तेस्रो वार्षिक उत्सवको अवसरमा बुधबार आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकार स्थापना हुँदा कुन अवस्थामा भएको थियो र अहिले कुन अवस्थामा पुगेको छ भनेर हेर्दा निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

‘प्रदेश सरकार स्थापना हुँदा हामीसँग सबै कुराको अभाव थियो । अहिले त्यसलाई समाधान गर्दै हामी यहाँसम्म आइपुगेका छौँ,’ मुख्यमन्त्री शाहीले भने, ‘सरकारको आगामी दिन हेरेर असन्तुष्ट भएको पाइएपछि विगत हेर्दा निराश हुनुपर्ने अवस्था छैन ।’ प्रदेश सरकारले आवश्यकताअनुसार कामहरू गरिरहेको भन्दै शाहीले त्यसलाई अझै व्यवस्थित गराउँदै गइरहेको बताए ।





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १८:१९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया