ललिता निवास प्रकरण : भाटभटेनी मालिकविरुद्ध ३९ करोडको मुद्दा, दुई करोड धरौटीमा छुटे

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रको ललिता निवास जग्गा विक्री प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङ २ करोड रुपैयाँ धरौटीमा रिहा भएका छन्। 

 विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङलाई २ करोड धरौटी लिएर रिहा गर्न बुधबार आदेश दिएको हो।

व्यवसायी गुरुङमाथि ललिता निवास जग्गा हिनामिना अभियोग लागेको थियो। उनी करिब एक वर्षपछि बुधबार विशेष अदालत उपस्थित भएका थिए। गुरुङविरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेको थियो। 

ललिता निवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन उनले आर्थिक लगानी गरेको अभियोग अख्तियारले लगाएको छ। उनैले लगानी गरिदिएको जग्गा पछि आफ्नै नाममा ल्याएको पाइएपछि आयोगले मुद्दा चलाएको थियो। 





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १८:५०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया