प्रतिनिधिसभा विघटनले राष्ट्रियतामाथि नै खतरा : डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रियतामाथि नै खतरा रहेको औँल्याएका छन् । जसपा चितवनले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले संविधानको मर्मविपरीत भएको प्रतिनिधिसभा विघटनले लोकतन्त्र र राष्ट्रियता नै खतरामा परेको बताए । 

उनले भने, ‘हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।’ अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताउँदै उनले सबै मिलेर प्रतिनिधिसभा पुनर्स्थापना गर्नु नै उत्तम हुने बताए । 

सरकारले लोकतन्त्रमाथि हस्तक्षेप गरेकोले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको उनले जानकारी दिए । 

पार्टीलाई वैकल्पिक शक्तिका रूपमा विकास गर्ने योजनाका साथ आफूहरु लागेको दाबी गर्दै भट्टराईले एकताको प्रक्रिया केही समयमा नै टुंग्याएर अघि बढ्ने जानकारी दिए ।





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १९:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया