संवैधानिक निकायमा नियुक्त भएका कांग्रेस समर्थकलाई फिर्ता बोलाउन धनराजको माग

नेपाली कांग्रेसमा संवैधानिक निकायमा नियुक्त भएका आफ्ना समर्थकहरुलाई फिर्ता बोलाउन माग उठेको छ । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले यस्तो माग उठाएका हुन् । 

बुधबार साँझ ट्विट गर्दै गुरुङले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, नियुक्ति सिफारिस र शपथमा समेत पार्टीले विमति राखिसकेकाले पार्टीका तर्फबाट नियुक्ति भएकाहरूलाई फिर्ता बोलाउनुपर्ने माग गरेका हुन् ।  

कांग्रेस सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै उनले ट्विटरमा लेखेका छन्, ‘सभापतिज्यू, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आयोगहरूमा नियुक्ति र आजको शपथसम्बन्धी कांग्रेसको विमति रहिआएको प्रवक्ताले प्रस्ट पारिसक्नुभएको छ, अब आयोगहरूमा नियुक्ति भएका कांग्रेसका साथीहरूलाई फिर्ता बोलाइयोस् ।’ 





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार २०:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया