२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

चाउचाउ, चिउरा र पानीसहित पुल्चोकको सडकमै बसे प्रचण्ड !

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहडताल सफल बनाउनका लागि अध्यक्ष पुष्पकमल दाहाल आफैँ सडकमा उत्रिएका छन् । 

खुमलटारबाट निस्किएर प्रचण्डले सातदोबाटो, कोटेश्वर हुँदै पुल्चोकको सडकमा बसेर हड्तालको पक्षमा माहौल बनाइरहेका छन् । हडतालका लागि सडकमा आएका कार्यकर्तालाई चाउचाउ, चिउरा र पानीको व्यवस्था गरिएको छ । 



प्रचण्ड आफैँ सडकमा आएर हडतालको नेतृत्व गरिरहेका छन् । उनीसँगै पुल्चोकको हडतालमा पम्फा भुषाल, विष्णु रिजाललगायतका नेताहरु सहभागी भएका छन् । 





  • प्रकाशित मिति : २२ माघ, २०७७ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया