सुदूरपश्चिममा आमहडतालको प्रभाव
नेकपाका नेता कार्यकर्ताहरूले टायर बाल्ने प्रहरी निभाउने

देशव्यापी रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–माधव) समूहले गरेको आम हडतालको प्रभाव सुदूरपश्चिमको धनगढीलगायत सम्पूर्ण क्षेत्रमा परेको छ । पहाडी जिल्लामा पनि छोटो तथा लामो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । जिल्ला सदरमुकामहरूमा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका सम्बन्धित जिल्लाका प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

प्रदेशको अस्थायी मुकाम धनगढीमा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले टायर बाल्ने प्रहरीले निभाउने क्रम बिहानदेखि निरन्तर भइरहेको छ ।

प्रदेशमा लामो दूरीका यातायात ठप्प रहेका छन् । गृह मन्त्रालयले यातायातका साधन सञ्चालनका लागि आग्रह गरे पनि फाटफुट निजी सवारी साधनबाहेक सञ्चालन हुन सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टले अप्रिय घटना हुन नदिन जिल्लाभर ६ सयभन्दा बढी प्रहरी परिचालन गरेको जानकारी दिए ।

नेकपा (प्रचण्ड–माधव) समूहका कैलाली सदस्य रमेश भट्टराईले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरे त्यसको प्रतिवाद गर्न तयार रहेको बताए ।

उनले व्यापारीहरूले व्यवसाय खोले, बजारमा यातायातका सवारी साधन सञ्चालन गरे स्वयं आफैंले जिम्मेवारी हुनुपर्ने समेत चेतावनी दिए ।



काम चलाउ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव हड्तालमा उत्रिएका हुन् ।



  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १२:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया