चन्द्रागिरी हिल्सको सेयर लगानीकर्ताको डिम्याट खातामा

लगानीकर्ताको डिम्याट खातामा चन्द्रागिरी हिल्सको साधारण सेयर (आइपिओ) जम्मा भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले बुधबार सेयरधनीको खातामा कम्पनीको आइपिओ जम्मा गरेको हो ।

आगामी साताको आइतबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुने बताइएको छ ।

उक्त सेयर माघ ९ गते शुक्रबार बाँडफाँड गरिएको थियो । जसमा १ लाख ३९ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र २ जनाले ११ कित्ता पाएका छन् ।

चन्द्रागिरी हिल्सले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता सेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएर १३ लाख ९६ हजार २२ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १३:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया